जनकपुरधाम, ५ बैशाख । जनकपुरधाममा लकडाउनको उल्लंघन भएको देखिएको छ । सरकार लकडाउनको मिति बैशाख १५ गतेसम्म थप गरे पनि जनकपुरधाममा यसको खासै प्रभाव परेको देखिन्न ।
कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलिन नदिन गरेको लकडाउन तेस्रो हप्तामा चलिरहेको छ । लकडाउनको समयमा आकस्मिक उपचारका लागि अस्पताल जान र उपभोग्य सामान खरिदबाहेक अरु कामका लागि घरबाहिर ननिस्कन सरकारको आग्रह छ ।
तर जनकपुरधामका सर्वसाधारणहरु सहजै बजार तथा चोकहरुमा त्यतिकै हिँडडुल गरेको पाईएको छ भने बिहानको समयमा तरकारी किन्ने निहुँमा उतिकै भिडभाड भएको देखिएकोछ ।
लकडाउनको समयमा पानी, दूधजस्ता अत्यावश्यक सामग्री ढुवानी नियमित आपूर्तिका लागि सवारी विभिन्न निकायले सवारी पास दिएका छन् । तर, पछिल्लो समयमा सवारी पासको दुरुपयोग हुने र अनावश्यक रुपमा सवारी साधन चलाउनेको संख्या उल्लेख्य रुपले बढेको छ ।
मोटरसाईकल, ट्रयाक्टर,तथा चार पाङग्रे सवारी साधनहरु निर्वाध रुपमा त्यतिकै आबत जावत गरेको देखिएकोछ भने प्रहरी प्रशासनले कुनै चाँसो न देखाएको सर्वसाधारणहरुको आरोपछ ।
प्रशासनद्वारा बिहान ७ बजे देखि बेलुकी ४ बजेसम्म खाद्यान्न, औषधी , ग्यासको पसलहरु खुल्ला गरेकालेपनि बजारमा चहलपहल बढी भएको स्थानीय दिव्येशले बताए । यदि सम्बसिन्धत निकायको यस्तै रबैया रह्यो भने कोरोनाको चपेटमा न आउने भन्न सकिन्न सर्वसाधारणहरुको चिन्ता रहेकोछ ।
तपाईको प्रतिक्रिया