जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको राजीनामा माग

समाचार

6/24/2020

जनकपुरधाम, १० असार । जनकपुरधाम उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठक विवादित बनेको छ । स्थानीय तह सञ्चालन ऐन विपरीत नगरसभा गर्न खोजेको भन्दै वडाध्यक्षसहितका कार्यापालिका सदस्यहरुले विरोध गरेका छन् ।

नेपाली कांग्रेस नगर समितिले विरोधका क्रममा वडाध्यक्ष र कार्यपालिका सदस्यहरुमाथि हातहातको अवस्था सिर्जना भएकोमा दुःख व्यक्त गर्दै विज्ञप्ति जारी गरेको छ ।

नगर सभापति मनोजकुमार साहले विज्ञप्तीमार्फत उपमहानगरका प्रमुख र उपप्रमुखको राजिनामा समेत मागे गरेका हुन ।

बैठकमा गुण्डा र असामाजिक तत्त्वहरु लगाएर वडा अध्यक्षहरुमाथि हातहात गराउनु निन्दनीय रहेको भन्दै दोषीहरुमाथि कारबाहीको माग समेत कांग्रेस नगर समितिले गरेको छ ।

यता, प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद रेग्मीले सूचना जारी गरेर मंगलबारका लागि बोलाइएको नगरसभा बैठक स्थगित भएको जनाएका छन् । बैठकमा नगर सभासदको गणपुरक संख्या पुग्न नसकेकाले बैठक स्थगित गरी असार १० लागि पुनः बस्ने सूचनामा भनिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ