जनकपुरधाम : महावीर चौकमा पैसा फाल्ने महिलाहरुको आरडीटी परीक्षणमा पोजिटिभ रिपोर्ट

समाचार

4/18/2020

जनकपुरधाम, ६ बैशाख । जनकपुरधामको महावीर चौकमा पैसा फाल्ने महिलाहरुको कोरोना परीक्षण गर्दा उनीहरुमा आरडीटी पोजेटिभ रिजल्ट आएको छ ।

ती महिलाहरुले लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्रहरीले जनकपुरबाट महिलालाई पक्राउ गरी आरडीटी परीक्षण गर्दा पोजेटिभ नतिजा आएको जनाइएको छ ।

शुक्रबार जनकपुरधामको महावीर चोक स्थित पेठीया बजार जाने सडकमा रु १० को दर्जनौं नोट फालेर भागेको स्थानीयको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले ती दुई जनालाई शनिबार दिउँसो पक्राउ गरेको थियो ।

प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो । उनीहरु दुबैजनाको अहिले पिसिआर विधिबाट टेस्ट भइरहको बताइएको छ ।

पक्राउ पर्ने दुवै महिला जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्नेहरु हुन् । दुवैजना नातामा नन्द र भाउजु रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ