जनकपुर–पटना बस सेवा बन्द

समाचार

3/16/2020

जनकपुरधाम, ३ चैत । कोरोना भाइरस संक्रमणको कारण जनकपुरदेखि भारत विहारको राजधानी पटनासम्म चल्ने बस सृवा बन्द भएको छ ।

कोरोना भाइरसको जोखिम भारतमा उच्च भएको भन्दै जनकपुरबाट पटनासम्म चल्ने नेपाल–भारत मैत्री सेवा बस सञ्चालनमा सोमबारदेखि रोक लगाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

दुई वर्षअघि नेपाल र भारतका प्रधानमन्त्रीहरुले जनकपुरधामको जानकी मन्दिरबाट संयुक्त रुपमा दैनिक यातायातका लागि जनकपुर–पटना नेपाल–भारत मैत्री बस सेवाको उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ