जनकपुरधाम, २६ साउन । कोरोनाको संक्रमणमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले जनकपुरमा लगाएको निषेधाज्ञा अझै ७ दिनका लागि थपिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको सुरक्षा समितिको बैठकबाट ७ दिन अझै निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन समुदाय स्तरसम्म जडो बनाएको भन्दै संक्रमण कम गर्नको लागि अझै ७ दिनको निषेधाज्ञा थपिएका जानकारी दिए ।
यसका साथै, जनकपुरको दशरथ तलाउको उत्तरी डीलमा रहेको यात्रीनिवासलाई क्वारेन्टाइन बनाउने निर्णय गरिएको र अझ आइसोलेशन बनाउन र बैंक तथा वितिय संस्थाहरू सिफ्टअनुसार खोल्ने निर्णय गरिएको छ ।
तपाईको प्रतिक्रिया