जनकपुरधाम, ९ असार । नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने विषयको विरोध गर्दै जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ ।
संसदको राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा सहमति जुटाएको पर्सिपल्ट प्रधानमन्त्रीको पुतला जलाइएको हो । यसअघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सात बर्षपछि अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो ।
जनता समाजवादी पार्टी निकट महिला तथा युवाले प्रधानमन्त्री ओलीको पुतला जलाएका हुन् । पुतला जलाउनुअघि महिलाहरुले सडक जाम गरेर प्रधानमन्त्रीविरुद्व नाराबाजी गरेका थिए ।
तपाईको प्रतिक्रिया