जनकपुरमा बन्दैछ शहीदद्वार

समाचार

7/5/2020

जनकपुरधाम, २१ असार । मधेश आन्दोलनका शहीदको सम्मानमा जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधामको उत्तरी प्रवेशमार्ग मुजेलियामा शहीदद्वारको निर्माण गर्ने भएको छ ।

करिब तीन करोड रुपैयाँ लगागतमा मधेश आन्दोलनका शहीद नितु यादव, दिलीप यादव र सञ्जय चौधरीको सम्मानमा शहीद द्वार निर्माण गर्ने योजना अघि सारिएको हो ।

उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहका अनुसार मधेश आन्दोलनमा शहादत प्राप्त गरी अन्त्येष्टि गरिएको छेउ मुजेलियास्थित राजमार्गमा शहीद द्वार निर्माण गरिने छ ।

द्वारको तीनवटा पिलरमा नितु, दिलीप र सञ्जयको प्रतिमा रहने जनाइएको छ । उपमहानगरपालिकाद्वारा सो द्वारमा मर्यादा पुरूषोत्तम भगवान रामको प्रतिमा पनि राख्ने योजना अघि सारिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ