बस दुर्घटनामा एक जनाको मृत्यु

समाचार

1/12/2020

कपिलवस्तु, २७ आइतबार । कपिलवस्तुमा भएको बस दुर्घटनामा एक जनाको ज्यान गएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ७ धरमपानियामा बस पल्टिदा एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शमसेर जवराले पुष्टी गरे ।

मृतकको सनाखत भने हुन सकेको छैन । दुर्घटनामा घाइते १५ जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको उनले मायादेवीलाई बताए । जिल्ला सदरमुकाम तौलिहवा देखि भैररहवातर्फ जाँदै गरेको लु १ ख ६८१३ नम्बरको बस कपिलवस्तु नगरपालिका वडा नं. ७ धर्मपनियामा दुर्घटना भएको हो । दुर्घटना लगत्तै चालक र सहचालक फरार रहेका छन् ।

घटनाबारे थप अुनसन्धान भैरहेको छ । चालकको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ