जनता कर्फ्युको प्रभाव गौरमा पनि

समाचार

3/23/2020

रौतहट, १० चैत । भारत सरकारले घोषणा गरेको जनता कर्फयुको असर सीमावर्ती मुलुक नेपालमा पनि परेको थियो ।

विश्वभरि महामारीको रुप लिएर फैलिएको कोभिड १९ को असर न्यूनीकरण गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विहान ७ बजेदेखि राती ९ बजे सम्म जनता कर्फ्युको असर रौतहटको सदरमुकाम गौर परेको थियो ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले त्रासको वातावरण सृजना भएको कारण आइतबार गौर बजारमा पनि सन्नाटा छाएको थियो । त्रासको कारण पसलहरु बन्द हुनुको साथै बजारमा सर्वसाधारणहरुको आवागमन पातलिएको थियो ।

नेपाल सरकारले अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सरकारी कार्यालयको कामकाज ठप्प पार्ने गरेको घोषणाको कारण पनि गौरमा चहलपहलमा कमी आएका हुन् । विहानदेखि पसलहरु बन्द रहेको मानिस आफ्नो घरमा बसेको अवस्था देखिएको छ ।

बैरगनिया बजार पूर्ण रुपले बन्द रहेकोले गौर बजारमा प्रभाव परेको व्यापारीहरुको भनाई रहेको छ । भाइरसको संक्रमणबाट जोगिनका लागि सुरक्षित हुनुपर्ने आवश्यक रहेको छ ।

सरकारी कार्यालय, बजार, यातायात बन्द हुनुको साथै रौतहटका सीमा नाकाहरु समेतबाट आवागमन निषेध गरिएको छ ।

गौर बैरगनिया सीमा नजिक स्थापना गरिएको हेल्पडेस्कमा पनि मानिसको भिड न्यून देखिएको छ । दिनभरि सुनसान रहेको गौर बजारमा बेलुकादेखि चहलपहल बढेको थियो ।

कोरोना भाइरसबाट जोगिनका लागि मास्कको प्रयोग, सफा पानी र सावुनले हात धुनुपर्ने, भिडभाडमा सकेसम्म नजाने, हात नमिलाई नमस्कार गर्ने, हाछ्यु गर्दा टिस्यु पेपरको प्रयोग गर्नु पर्ने, सेनिटाइजरको प्रयोग गर्नू पर्ने जस्ता चेतनामूलक सन्देशहरु सहितको पम्पलेटको प्रयोग सरोकारवाला संघ सस्थाहरु ग्रिरहेको छ ।

स्थानीय तहले आआफ्नो क्षेत्रभित्र सरसफाइमा तत्परता समेत देखाउन थालेका छन् । गौर, राजदेवी, दुर्गाभगवति, गरुडा, परोहा, गढीमाई, वृन्दावन लगायतका स्थानीय तहले सचेतनामूलक सन्देशसहित मास्क र हैण्डवास वितरण गर्न शुरु गरेको छ ।

चेकजाँचका लागि स्थापना गरिएको हेल्पडेस्कमा दैनिक रुपमा ३ सयदेखि ५ सयको करिबमा परीक्षण गर्ने गरेको छ । भारतबाट नेपालमा आउनेको संख्या बढी रहेको चेकजाँचमा खटेका स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ