नेपालगन्ज, १२ साउन । जनमत पार्टी बाँकेले पार्टी कार्यालय स्थापनाको एक वर्ष पूरा गरेको अवसरमा अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम गरेको छ ।
आइतबार नेपालगन्जमा गरिएको कार्यक्रममा जनमत पार्टीका जिल्ला अध्यक्ष रियाज अहमद शेषको अध्यक्षता, प्रमुख अतिथि जनमतका केन्द्रीय नेता इरफान अहमद शेषको विशेष उपस्थितिमा गरिएको हो ।
कार्यक्रममा अतिथिहरु हरपाल सिंह, नेता मोहम्मद हुशेन शाह, जिल्ला सदस्य जाबिर हल्वाई, उपाध्यक्ष दिपक पासी, डुडुवा गाउपालिका अध्यक्ष एंव जिल्ला सदस्य शेष अब्दुल वाहिद शेष, गाउपालिका सदस्य फारूक शेष, जमाल खान, जिल्ला सदस्य कलामुद्दीन शेष, गाउँपालिका सदस्य शान्ति गोडिया, प्रदिप गडाडिया, सुनिल वर्मा, एंव अन्य नेताहरुको विशेष उपस्थितिमा कार्यक्रम गरिएको थियो ।
जनमत पार्टीलाई अबको आउने दिनको बिकल्पको रूपमा बनाउने उद्देश्यका साथ जनताको बीचमा जाने सम्पूर्ण वक्ताहरुले जोड दिएका थिए ।
प्रशिक्षणका क्रममा जिल्ला सचिव राजित राम वर्माले स्वागत मन्तव्यदेखि सुरु गर्दै विभिन्न नेताहरुले प्रशिक्षण गराएका थिए । प्रमुख प्रशिक्षक एंव वक्ताका रूपमा नेता शेषले गराएका छन् ।
नेता शेषले प्रशिक्षण दिने क्रममा अबको दिनमा मधेशभर संगठन निर्माण वार्ड वार्डको मूल समिति बनाउने र नेतृत्व दिने उद्देश्यका साथ संगठन विस्तार गरिने जनाएका छन् ।
नागरिकता कानुन एंव किसानको समस्यालाई लिएर विरोध कार्यक्रमको बारेमा समेत जानकारी दिएका छन् ।
अबको दिनमा अन्दोलनका कार्यक्रममा विभेदकारी नागरिकता कानुन एवं किसानसँग गरिएको विभेदलाई लिएर अन्दोलनका कार्यक्रम समेत ल्याउने जानकारी दिँदै कार्यकर्तालाई संगठन निर्माणसँगै अन्दोलनका लागि तयार रहनसमेत भनेका छन् ।
तपाईको प्रतिक्रिया