वीरगन्ज, २९ चैत । विश्व व्यापीरुपमा मानव सभ्यतामाथि कोरोना भाईरसको संक्रमण फैलिरहेको अवस्थामा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले खाद्यन्न समाग्री राहत स्वरुप वितरण गरेको छ ।
सधै ज्याला मज्दुरी गरि खानेलाई गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगर पालिका वडा नं १ र ३ का ६०० विपन्न परिवारलाई खाद्यन्न समाग्री उपलब्ध गराएको छ ।
वीरगंज महानगर पालिकाको वडा नं १ र ३ का अति विपन्न तथा दैनिक ज्याला दारी गरि खाने तथा लकडाउनका कारण घर भित्रै बस्नु परेको कारण धेरैले आनमदनी नभएका घर परिवारलाई दैनिक उपभोग्य वस्तु चामल ७के.जी.,आल ३के.जी.ु,दाल १ के.जी.,नुन १ के.जी. ,तेल ५०० ग्राम ,गहुको पिठो २ के.जी. लगायतको समाग्री उपलब्ध गराएको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताएका छन् ।
राहत वितरणमा फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिन, कोषाध्यक्ष मनोहर साह, सदस्य जितेन्द्र सिंह,धिरज गुप्ता,नगर ईकाइ
समिति ३ का अध्यक्ष संदिप केवट,सुल्तान अंसारी, राजु गुप्ता, नेपाल लाईभ इन्सोरेन्सका रोशन कर्ण,नरेन्द्र चौधरी,औरंगजेब अंसारी लगायतका व्यतिmहरुको सहभागिता रहेको थियो।
वितरण गरिएको सम्पुर्ण खाद्यन्न उच्च गुणस्तरको रहेको स्थानियहरुको जिकिर रहेको थियो ।
तपाईको प्रतिक्रिया