वीरगंज, ९ चैत । आफ्नो सामाजिक उत्तरदायित्वलाई मन्न गर्दै जी.पी.कोईराला फाउण्डेशन पर्साले आफ्नो कार्य निर्वाह गर्दै आएको छ ।
यही यथावत कुराहरुलाई लिएर फाउण्डेशन पर्साले पर्साका विभिन्न स्थानहरुमा आफु पनि बाँचौं र आफनालाई पनि बाँच्न दिउँ भन्ने नाराका साथ सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।
वीरगंजको माइस्थान तथा घण्टाघर क्षेत्रका यात्रु तथा स्थानीय व्यापारीहरुलाई माक्स र सेनिटाइजर वितरण गरेको छ ।
कोरोना भाइरसबाट बाँच्न माक्स प्रयोग गर्न र सामान खरिद, बक्री गर्दा, पैसा लिँदा वा फिर्ता गर्दा सेनिटाइरजरको प्रयोग गर्ने विधि सिकाएको संस्थाका सदस्य जितेन्द्र सिंहले बताए ।
यही र्कायक्रमलाई निरन्तरता दिँदै फाउण्डेशन पर्साले वीरगंजको विभिन्न स्थानहरुमा स्यानेटाईजर तथा माक्स वितरण गरेको संस्थाका सदस्य धिरज गुप्ताले बताएका छन् ।
फाउण्डेशन पर्साका सदस्य हरिन्द्र यादवले फाउण्डेशनले वीरगंजको घण्टाघर, माईस्थानचौक लगायतका स्थानहरुमा सेनेटाईजरको प्रयोग विधि सिकाएका छन् भने यस महामारीबाट बच्नका निम्ति चेतनामूलक पोष्टरहरु शहरका विभिन्न स्थानहरुमा लगाइएको बताएका छन् ।
तपाईको प्रतिक्रिया