जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

समाचार

5/16/2020

मोरङ, ३ जेठ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका–५ बस्ने २४ वर्षीय विरेन गडेरी पाललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पालले ती किशोरीलाई सोही स्थानमा रहेको मकैवारीभित्र लगि जबरजस्ती करणी गरेको भन्ने खवर प्ताप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई विराटनगर महानगरपालिका–४ स्थित इक्राही दिहबारबाबा थानको छेऊमा फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ