बाँके, ३ चैत । १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका–२ आनन्दनगर बस्ने २८ वर्षीय चित्र बहादुर थापालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई घरसम्म पुर्याईदिन्छु भन्दै भे.१ च २२९७ नम्बरको भ्यानमा राखी बैजनाथ गाउँपालिका–४ गाबरस्थित होमस्टेमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
जबरजस्ती करणाी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया