जबरजस्ती करणी गर्ने दुई जना पक्राउ

समाचार

7/7/2020

कपिलवस्तु, २३ असार । १८ वर्षीया किशोरीलाई कपिलवस्तुनगरपालिका–२ कुदानमा जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कपिलवस्तुनगरपालिका(४ महुवा बस्ने २५ वर्षीय अब्दुल कलिम र सोही ठाउँ डालपुर बस्ने ३० वर्षीय लोकनाथ यादव रहेका छन् ।

वडा प्रहरी कार्यालय तौलिहवाबाट खटीएको गस्ती टोलीलेकिशोरीलाई फेला पारी रोईकराइ गरेको अवस्थामा सोधपुछ गर्दा उनीहरुले जबरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेकोहो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ