जबरजस्ती करणी गर्ने पक्राउ

समाचार

5/6/2020

रौतहट, २४ बैशाख । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना प्रहरीले पक्राउ गरेको छ ।

फतुवा बिजयपुर नगरपालिका–८ बिजयपुर बजार बस्ने ५० वर्षीय टेक बहादुर चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई विभिन्न प्रलोभन देखाई पटकपटक गरी ४ पटक जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लक्ष्मीनियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ