दाङ, ३ जेठ । पश्चिम नेपालको एक प्रमुख सीमा नाका जमुनाहा नाका शनिबार बिहानैदेखि पूर्ण रूपमा बन्द गरिएको छ ।
बाँके जिल्लाका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले शनिबार बिहानैदेखि बाँकेस्थित जमुना नाकाबाट आवातजावत पूर्ण रूपमा बन्द गरिएको जानकारी दिए ।
गृह मन्त्रालयको आदेश अनुसार नाका पूर्ण रूपमा सिल गरिएको एसपी ओलीले बताए । तर उनले सीमा नाकामा नेपालीहरू आएर बसेको देखिएको जानकारी दिए ।
बिहीबार राति झन्डै सात सय नेपाली बाँकेस्थित जमुनाहा नाकामा आइपुगेका थिए। उनीहरूलाई आरटिडी परीक्षण गरेर सम्बन्धित जिल्लाहरूमा पठाइएको छ ।
तपाईको प्रतिक्रिया