रंगेलीमा जिम क्लब संचालनमा

समाचार

3/15/2020

मोरङ, २ फागुन । मोरङको रंगेली नगरपालिका–७ को मुख्य बजारमा रंगेली नगर युवा क्लवद्वारा जिम खाना सञ्चालन ल्याएको छ ।

नगरपालिका भित्र रहेका युवाहरुलाई स्वास्थ्य राख्ने उदेश्यले नगर युवा क्लवले रंगेली मै पहिलो पटक अत्याधुनीक प्रविधिबाट शरीरलाई व्यामको माध्यमबाट स्वास्थ्य र स्फुर्त राख्नका लागि व्यामसाला सञ्चालनमा ल्याएको क्लवका अध्यक्ष निरज साहले बताए ।

नगरपालिकाले ५ लाख रुपैयाँको सहयोग तथा क्लवबाट ४ लाख रुपैयाँ गरि ९ लाख रुपैयाँको लागतमा साईकेलिङ मेसिन , ईलोकोट्रोनिक साईकलिन, लागायतका सामाग्रीहरु खरिद गरेर रंगेली ब्यामसाला सञ्चालनमा ल्याएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ