महोत्तरी, ६ चैत । महोत्तरी सदरमुकाम जलेश्वरमा लोकल खुला मदिरा बेचबिखनमा प्रतिबन्ध लगाइएको छ । एक साता अघि लोकल खुला मदिराको सेवनबाट धनुषामा १७ जनाको मृत्यु भएकाले प्रशासनले सरोकारवालासँग बसेर निर्णय गर्दै जलेश्वर नगरपालिका र वरपरका सबै बजारमा लोकल खुला मदिरा बिक्री वितरण तथा उत्पादनमा पूर्ण रुपले प्रतिबन्ध लगाइएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
धनुषामा १७ जनाको ज्यान जानुका साथै जिल्लाकै मनरा नगरपालिका– १ मा विगत तीन दिनमा अचानक पाँच जनाको मृत्यु भएकामा ती मृत्यु पनि मदिरा सेवनबाटै भएको हुनसक्ने आशङ्का गर्दै जलेश्वर र वरपरका सबै हाट बजार तथा गाउँ टोलमा लोकल खुला मदिरा बिक्रीवितरण तथा उत्पादनमा प्रतिबन्ध लगाइएको हो ।
तपाईको प्रतिक्रिया