महोत्तरी, २९ चैत । जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको अस्पताललाई नेपाल भारत महिला मैत्री समाजले विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।
समाजकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले पीपीई १० थान, सर्जिकल मास्क १५० थान, ग्लोब्स १२५ थान, सेनिटाईजर १५ (५०० मिलिग्राम) र सेनिटाईजर स्प्रेयर २ थान अस्पताललाई हस्तान्तरण गरेकी छन् ।
राजपा नेपालकी महासचिव समेत रहेकी अध्यक्ष चौधरीले जलेश्वर अस्पताललाई विशेष अस्पतालमा स्तरोन्नति गरिएकोमा महोत्तरीबासीलाई बधाई पनि ज्ञापन गरेकी छन् ।
वैश्विक महामारी कोरोना भाइरस (कोभिड–१९) सँग लड्न अग्रपंतिमा रहेका चिकित्सक एवं स्वास्थ्यकर्मीका लागि ती स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको अध्यक्ष चौधरीले जानकारी दिएकी छन् ।
उनले आगामी दिनमा पनि आफ्ना प्रयासहरू जारी राख्ने प्रतिबद्धतासमेत जनाएकी छन् ।
तपाईको प्रतिक्रिया