जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द

समाचार

7/30/2020

जलेश्वर, १५ साउन । कोरोना भाइरसले भयावह रुप लिन थालेपछि महोत्तरीको जलेश्वर नगरपालिका कार्यालय बिहीबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजुराज कडरियाले सूचना जारी गरेर कार्यालय बन्द गरेको जानकारी गराएका हुन् । अर्को सूचना जारी नहुन्जेलसम्म अतिआवश्यक सेवाबाहेक कार्यालय बन्द गरिएको जनाइएको छ ।

महोत्तरीका कोरोना संक्रमित ६० वर्षीय पुरुषको साउन ६ मा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो । उनी महोत्तरी गाउँपालिका ३ का थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ