कैलाली, २ बैशाख । धनगढी उपमहानगरपालिका–२ बस्ने ३७ वर्षीय कृष्ण भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी सहित ७ जनालाई नगद १ लाख ३८ हजार २ सय ६ रुपैयाँ र तीन बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गर्नुका साथै यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया