विराटनगर, १३ जेठ । विराटनगर स्थित कोशी कोभिड उपचार केन्द्रमा डाबर नेपालको विराटनगर शाखाले जुस वितरण गरेको छ ।
डाबरको विराटनगर शाखाद्वारा विराटनगरको कोरोना अस्पतालमा रहेका चिकित्सक, कोरोना संक्रमित तथा सुरक्षाकर्मीलाई एक लाख ३० हजार बराबरको जुस सहयोग गरेको हो ।
डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आफ्ना उत्पादन सहयोग गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया