ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

समाचार

1/5/2020

बाँके, २० पुस । नेपालगंज उपमहानगरपालिका–२० राँझा चोकस्थित सडकमा शनिबार दिउँसो भे.१ त ३२३० नम्बरको ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका सोही स्थान बस्ने सुरज कुसबन्दियाको ५ वर्षीय छोरा काला कुसबन्दियाको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।

फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटना भएका स्थानहरूमा तत्काल खटिगएको स्थानीय प्रहरीले उद्धार गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ