कैलाली, १२ साउन । बर्दगोरिया गाउँपालिका–१ टिन बजारस्थित सडकमा ना.६ ख ३३४० नम्बरको ट्रकले से.६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
सोमबार बिहान ठक्कर दिँदा स्कुटर चालक लम्की चुहा नगरपालिका–६ बागमारा बस्ने २५ वर्षीया सन्तोषी कुमारी बोहराकोघटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया