रुपन्देही, ११ साउन । पिकअपलाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–१ बनकट्टामा सवारी दुर्घटनामा प्यूठान स्वर्गद्वारी नगरपालिका–६ का ४० वर्षिय होमबहादुर घर्तिमगरको मृत्यु भएको छ ।
बुटलदेखि पश्चिमतर्फ जाँदै गरेको लु २ च २०२१ नम्बरको पिकअपलाई विपरित दिशाबाट आउँदै गरेको लु १ ख ४७९५ नम्बरको ट्रकले ठक्कर दुर्घटना भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
तपाईको प्रतिक्रिया