बाँके, २४ फागुन । राप्ती सोनारी गाउँपालिका २ खुईरी जंगलस्थित सडकमा लु.२ ख २३४० नम्बरको ट्रकले भे.९ प ७८१७ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक कपिलवस्तु बाणगंगा नगरपालिका बस्ने ३५ वर्षीय बिष्णु बेलवासेको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया