डीएभी सुशील केडिया विद्यालयलाई ‘स्टार इन्डिया अवार्ड’

समाचार

2/28/2020

काठमाडौं, १६ फागुन । ‘इन्टरनेशनल एजुकेशनल अवार्ड–२०२०’ यो वर्ष डीएभी सुशील केडिया विश्व भारती विद्यालयले प्राप्त गरेको छ ।

ललिपुरको जावलाखेलस्थित डीएभी सुशील केडिया विश्व भारती उच्च माविमा आयोजित नेपाल–भारत मैत्री कन्सर्ट तथा स्टार अन्तर्राष्ट्रिय शिक्षा अवार्ड कार्यक्रममा डीएभीलाई स्टार इन्डिया ग्रुपले उक्त अवार्ड प्रदान गरेको हो ।

कार्यक्रममा भारतका विभिन्न स्थानबाट आएका प्रतिष्ठित कलाकारको टोलीले प्रस्तुति दिएको थियो । सोे क्रममा भारतको पुणेबाट आएका दुई कलाकारले ‘भारत गौरव रत्न अवार्ड २०२०’ पाए ।

त्यस्तै, उत्कृष्ट नेतृत्वको अवार्ड डीएभीका अध्यक्ष अनिल केडिया र प्रिन्सिपल भुवनेश्वरी राओलाई प्रदान गरिएको छ ।

यो कार्यक्रमलाई भारतीय सांस्कृतिक विरासत केन्द्रको सहयोग थियो । अवार्ड वितरण समारोहमा स्टार ग्रुप इन्टरनेशनलका प्रबन्ध निर्देशकले भारत र नेपालको सांंस्कृतिक महहत्व दर्शाएका थिए । आफ्नो संस्कृतिसम्बन्धी ज्ञान पनि आजको आवश्यकता भएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ