काठमाडौं, ३ चैत । डडेल्धुराको भित्री मधेशमा पर्ने परशुराम नगरपालिकाअन्तर्गत भारतसँग सीमा जोडिएका दुई नाका बन्द गरिने भएको छ ।
परशुराम नगरपालिकाको तातापानी सिसमजालाघाट र परिगाउँ बाङघाट नाका चैत ४ गतेदेखि अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरिएको हो ।
स्वास्थ्य सतर्कतालाई ध्यानमा राख्दै नगरपालिकाले अर्को सूचना प्रकाशन नभएसम्मका लागि तारउतारघाट बन्द गरिएको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले जानकारी दिए ।
विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई मध्यनजर गर्दै सूचना जारी गरी अनिश्चित कालका लागि परशुराम नगरपालिका–५ को बाङघाट र परशुराम नगरपालिका–६ को सिसमजालाघाट पूर्ण रुपमा बन्द गरिने परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले जानकारी दिए ।
उनले भने, ‘कोरोना संक्रमित मानिस यो नाकाहरुबाट आउला न आउला, तर सतर्कताका लागि चैत ४ गतेदेखि केही समयका लागि तारउतारघाट बन्द गरिनेछ ।’
तपाईको प्रतिक्रिया