काठमाडौं, ५ चैत । बीबीसी स्टुडियोको फम्र्याटमा आधारित विश्वचर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’ को पहिलो सिजन यही बैशाख पहिलो सातादेखि प्रसारण हुने भएको छ ।
बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायत विश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको विश्वकै नम्बर एक डान्सिङ रियालिटी सोको फ्रेन्चाइजलिइ हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्न लागेको हो । हरेक शुक्रबार र शनिबार राति सुपर प्राइम टाइम ८ बजेदेखि प्रसारण हुने पहिलो सिजन २६ इपिसोडको हुनेछ ।
विश्वभर चलेको फम्र्याट अनुसार आइएमई डान्सिङ विथ द स्टारमा १२ जना विभिन्न क्षेत्रका स्टार प्रतियोगी हुनेछन् भने उनीहरुलाई पेयरिङ गर्दै १२ जना प्रोफेसनल कोरियोग्राफरले स्टारसँगै पर्फमेन्स दिनेछन् । कार्यक्रममा २ जना होस्ट र ३ जना निर्णायक हुनेछन् ।
दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन् । बिजेताले कुल २५ लाख करसहित नगद र अन्य पुरस्कार प्राप्त गर्नेछन् ।
यस कार्यक्रमको प्रमुख प्रायोजकको रुपमा आइएमई र भोटिङ्ग पार्टनरको रुपमा आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घन गरिएको ‘आइएमई पे’आबद्घ भएका छन् ।
यसै सम्बन्धमा विशेष कार्यक्रममा हिमालय टेलिभिजन र आइएमइबीच साझेदार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौतापश्चात यस कार्यक्रमको नाम आइएमई प्रेजेन्टस्“डान्सिङवीथ द स्टार नेपाल” रहने छ । सम्झौताअनुसार डान्सिङ वीथ द स्टारको भोटिङ्ग राउन्डमा एपमार्फत गरिने सबै भोटिङ्ग ‘आइएमई पे’ एपमार्फत हुनेछ ।
बेलायतबाट शुरु भएको डन्सिङ विथ द स्टार्स हाल करीब ६० देशमा बिस्तार भैसकेको छ भने अमेरिकामा २८ औ सिजन चलिसकेको छ ।
ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शो को रुपमा परिचित छ र नेपालमापनि यस शो ले थपउचाई हासिल गर्ने आइएमईसँगै साझेदारी संस्थाहरुको विश्वास रहेको छ ।
तपाईको प्रतिक्रिया