तराई अस्पतालमा महिलासँग दुर्व्यवहार गरेको आरोप

समाचार

6/28/2020

वीरगन्ज, १४ असार । वीरगन्ज तराई अस्पतालमा महिला बिरामीसँग दुर्व्यवहार र अनाहक पैसा लिएको पीडितले सञ्चारकर्मीहरुलाई बताएकी छिन् ।

वीरगन्ज नारायणी यातायात नजिक रहेका तराई अस्पतालले आफ्नो सम्पूर्ण हद पार गरेर केवल पैसा कमाउने सुरतालमा रहेको पीडित पिंकी यादवले आरोप लगाएकी छिन् ।

जेष्ठ १७ गते पेट दुखेर भर्ना भएकी यादवलाई विभिन्न ईलाज प्रक्रियाहरुलाई अग्रसर बनाई पैसा कुमल्याउने बहानामा विरामी पिंकी यादवको अभिभावकसँग उपचार नगरीकन उपचारको नाममा ३० हजार रुपैयाँ ठगी गरेको पिडित यादवको आरोप रहेको छ ।

तराई अस्पतालमा भर्ना भएपछि त्यहाँ ड्युटीमा रहेका डा.रोशन कुर्मी, डा.गोरखनाथ मिश्रा र डा.अजय गुप्ताले महिला विरामीको स्वास्थ्यसँग खेलवाड गर्दै उपचार गरिएको थियो ।

साधारण पेटको विरामी भएर गएका पिंकी यादवलाई उपचारको क्रममा चिकित्सकहरुले अभिभावकलाई नभनी विरामीलाई उसकै पीडा उसलाई नै सुनाउँदै चिकित्सकहरुले विरामीहरुको मानसिक सन्तुलन समेत बिगाडेको पीडित यादवका अभिभावकले आरोप लगाउँदै सञ्चारकर्मीहरु समक्ष आफनो पीडा पोखेका छन् ।

जेष्ठ १७ गते भर्ना भएकी पिंकी यादवलाई अनावश्यक उपचार गर्ने क्रममा चिकित्सक गोरखनाथ मिश्रा अजय गुप्ता लगायतका हरु ले विरामी पिंकी यादवलाई “तिम्रो पितको थैली फटी सक्यो” जस्ता कुराहरु सुनाउने गरिन्थ्यो र केहि बेरमा आउने चिकित्सकहरुले अविवाहिक पिंकी यादवलाई बच्चा दानीको समस्या पनि भएको र तिमी नबाँच्ने अवस्थामा रहेको छौ भन्ने चिकित्सकहरुले बारम्बार मानसिक संतुलन विगार्न प्रयास गरेको पीडित पिंकी यादवले सञ्चारकर्मीहरुलाई बताएकी छिन् ।

यस्ता चिकित्सकहरुलाई कानुनको दायरामा ल्याई कारवाहि प्रक्रीयाहरु अगाडी बढाउने पर्ने माग गरेकी छिन् । “तराई अस्पतालमा रहुन्जेलसम्म विहान सेतो खाले एउटा ट्याब्लेट दिई दिन भरी लठ्ठ पारी निन्द्रासमा म रहने गरिन्थे र बेलुकी ४–५ बजे निन्द्रा खुल्दा पुनः ट्याब्लेटहरु ख्वाई लठ्ठ पार्न गरीन्थ्यो”, भन्ने विरामीको आरोप रहेको छ ।

पिंकी यादव पिडित भएपछि रोगको टुँगो नलाग्दा रेफर गराई प्रभु अस्पतालमा गई आफ्नो ईलाज प्रक्रीयाहरु अगाडी बढाउँदा साधारण रोग मात्रै भएको प्रभु अस्पतालले प्रमाणित गरेपछि दुई तिन दिन भित्र नै आफ्नो घर फर्केकी पिडित पिंकी यादवले सञ्चारकर्मीहरुलाई जानकारी गराइन् ।

तराई अस्पतालबाट रेफर गराउँदा २५ देखि ३० हजार रुपैयाँ उपचारको नाममा ठगिएको समेत विरामीका अभिभावकले आरोप लगाएका छन् ।

साथै यस्ता चिकित्सकहरुलाई सम्बन्धित निकायले कारवाहि गर्नुको साथै न्याय पाओस् भन्ने विषयमा पीडित पिंकी यादवले आग्रह गरेकी छिन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ