तराई मधेश राष्ट्रिय परिषद्को संयोजकमा ठाकुर चयन

समाचार

7/4/2020

काठमाडौं, २० असार । तराई मधेश राष्ट्रिय परिषद (टीएमएनसी) सभाको बैठकले सभासदस्य अधिवक्ता विकास कुमार ठाकुरलाई परिषदको संयोजकमा चयन गरेको छ ।

साथै सचिव एवम् प्रवक्तामा प्रमोद कुशवाहा तथा प्रचार विभागमा गुरुशरण सिंह (आभाष गुरु) ले जिम्मेवारी पाएका छन् ।

टीएमएनसीको संगठनात्मक संरचना तीनवटा विंगमा क्रियाशील बनाउने र जिम्मेवारी बाँडफाँड गर्ने हिसावले हाल पोलिटिकल विंग क्रियाशिल बनाउनका लागि संयोजकको भूमिकामा रहेको सीएन थारुलाई पोलिटिकल विंगमा जिम्मेवार बनाउने गरी सर्वसम्मत निर्णय गरिएको निवर्तमान संयोजक सिएन थारुले जनाएका छन् ।

तराई मधेश राष्ट्रिय परिषदको प्रथम राष्ट्रिय भेला २०७६ चैत्र २८ र २९ गते सम्पन्न गरेर आफ्नो वैचारिक धार किटान गर्ने लक्ष्य सहित तयारीमा जुटेको र कोरोना प्रकोपको कारण देशमा लकडाउनको स्थिति बिच बैठक एक निष्कर्षमा पुगेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ