काठमाडौं, १६ फागुन । परराष्ट्र मन्त्रालयले गोरखा सैनिकका विषयमा सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धि पुनरावलोकनका लागि बेलायतलाई पठाएको प्रस्तावको गोरखा भूतपूर्ण सैनिक संघ (गेसो) ले स्वागत गरेको छ ।
सरकारले पठाएको औपचारिक पत्रको जवाफ तत्काल दिएर बेलायतले गोरखा सैनिकहरुले उठाउँदै आएका मागहरु सम्बोधन हुने विश्वास गेसोले व्यक्त गरेको छ ।
गेसोले पछिल्लो समय सत्याग्रह संयक्त संघर्ष समित र बुद्धिजिविहरुको नाममा गोरखा भर्ती विरुद्ध अभियान चलाइएको, गोरखा ट्रेनिङ बन्दका लागि पत्राचार गरेको प्रति चिन्ता पनि व्यक्त गरेको छ ।
बेग्लै गोरखा राज्य माग्ने, सधैका लागि वार्ता भंग गर्नेगरी आन्दोलनका कार्यक्रम अहिले स्थगित भएको गेसोले जनाएको छ ।
तपाईको प्रतिक्रिया