त्रिवेणी नाकामा कोरोना परीक्षणको हेल्थ डेस्क

समाचार

3/10/2020

नवलपरासी, २७ फागुन । पूर्वी नवलपरासीको भारतीय सीमा नाका त्रिवेणी हुँदै नेपाल भित्रिने यात्रुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।

हेल्थ डेस्कमा यात्रुले अनिवार्य निःशुल्क परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ । यात्रुलाई निःशुल्क मास्क, हात धुने व्यवस्था, सेनिटाइजर र नन कन्टयाक्ट टयाम्पोरल (मान्छे नछोइकन तापक्रम नाप्ने यन्त्र) राखेर बिरामीको परीक्षण सुरु भएको हो ।

त्यहा गाउँपालिकाले आफनै स्वास्थ्यकर्मी खटाएर स्वास्थ्य परीक्षण सुरु गरिएको हो ।

बिहान ६ बजे भन्सार बोर्डर खुल्नासाथ परीक्षण गरेर साँझ ८ बजेसम्म आउजाउ गर्नेहरुको स्वास्थ्य परीक्षण सुरु भएको गाउँपालिका अध्यक्ष जिसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ