तिलाठी कोइलाडीमा राहत वितरण

समाचार

5/2/2020

राजविराज, २१ वैशाख । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँमा शनिबारदेखि राहत वितरण कार्य सञ्चालन गरिएको छ ।

पहिलो चरणको राहत वितिरण कार्य व्यवस्थित तरीकाले उमेश्वर आधारभूत विद्यालय, लौनियाँमाको भवनमा कुपन दिई वडा कार्यालयका प्रांगणमा शान्तिपुर्ण तरिकाले वितरण गरिरहेका छन् ।

स्थानिय युवा तथा सुरक्षाकर्मीहरुको सहयोगमा सामाजिक दुरी कायम राख्दै राहत वितरण गरेका हुन् । परिवारमा रहेका सदस्य मध्ये ४ जना परिवार संख्या गरी त्यसलाई एउटा परिवार मानि राहत सामग्री दिइएको हो ।

राहत वितरण गर्ने नामावली सुचीमा कसैको नाम छुटिएमा सो व्यक्तिहरुको पनि सुचि त्यार गरि राहत प्रदान गरिने वडा नम्बर २ का कार्यालयले जनाइएको छ ।

लौनियाँँको साविकका वडा नम्बर ६ बाट सञ्चालन गरिएको वितरण कार्यमा साविकका वडा नम्बर ५ र ७ मा समेत वितरण गरिएको थियो । साविकका वडा नम्बर ५, ६ र ७ मा ३ सय १० परिवारलाई राहत सामग्री दिइएको थियो ।

राहत सामग्रीका रुपमा चामल १५ के. जी, दाल २ के.जी, नुन १ के.जी र खाने तेल १ लिटर रहेको जनाइएको छ । आइतबार साविकका वडा नम्बर १, २, ८ र ९ मा वितरण गरिने सम्वाददाता कमल कुमार मण्डलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ