तौलिहवा उद्योग वाणिज्य संघद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

समाचार

5/16/2020

कपिलवस्तु, ३ जेठ । पछिल्लो समय सेवारत सुरक्षाकर्मीमा कोरोनाको संक्रमण देखिएसँगै सुरक्षाकर्मीमा जोखिमको दायरा बृद्धि भएको छ । कोरोनाको संक्रमणका रोक्न गरिएको लकडाउनको प्रभावकारी कार्यान्वयनमा खटिएकै कारण सुरक्षाकर्मी संक्रमणको प्रत्यक्ष जोखिममा रहेका छन् ।

कोरोना संक्रमणको जोखिममा रहेका सुरक्षाकर्मीलाई तौलिहवा उद्योग वाणिज्य संघले माक्स, ग्लोब्स र सेनिटाईजर लगायतका स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ ।

तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी र कोषाध्यक्ष संदिप कुमार श्रीवास्तवले शसस्त्र प्रहरी र नेपाल प्रहरीलाई करिब ५० हजार मुल्यका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

संघले वडा प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी नायब निरिक्षक रमेश गुरुङ्गलाई ५० थान माक्स, ४० बोटल सेनिटाईजर र ३ सय ५० सेट ग्लोव्स प्रदान गरेको हो ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गणका तर्फबाट कारागार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक भुवन अर्याललाई २ सय थान माक्स, ५० बेटल सेनिटाईजर र ३ सय सेट ग्लोब्स दिईएको संघका कोषाध्यक्ष संदिप कुमार श्रीवास्त्वले जानकारी दिए ।

संघले यसअघि पनि सुरक्षा निकायका लागी प्रजिअ मार्फत ३ सय ५० पिस सर्जिकल माक्स हस्तान्तरण गरेको तौलिहवा उद्योग बाणीज्य संघका अध्यक्ष गयादिन कुर्मीले जनाए ।

“यो माहामारीका बेला दिनरात सुरक्षामा खटिएका सुरक्षाकर्मीको जोखिमको अवस्था मध्यनजर गरि स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका हौ ।” कुर्मीले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ