फतुुवा विजयपुरको तेस्रो नगरसभा फागुण २२ गते

समाचार

3/1/2020

रौतहट, १८ फागुन । लामो समयदेखि बिवादको कारण अडकिएको फतुवा बिजयपुरको तेस्रो नगरसभा अगामी २२ गते हुने भएको छ ।

नगरपालिकामा हालै आएका प्रशासकीय अधिकृत सुुरेन्द्र प्रधानको विशेष पहलमा नगर कार्यपालिकाको बोर्डको बैठक बसी यही फागुन २२ गते बिहिवार तेस्रो नगरसभा हुने निर्णय गरेको हो ।

भागबण्डाको बिषय लिएर दुुई–दुुई पटक स्थगित नगरसभा नगरप्रमुख गोपालप्रसाद यादव र उपप्रमुख कान्तिदेवी महतो पक्षलाई उचित विकासको बजेट बिनियोजनसहित तेस्रो नगरसभा हुुन लागेको अधिकृत प्रधानले बताए । गत अषाढ मसान्तमा हुनुुपर्ने नगरसभा हालसम्म नहुुँदा नगरपालिकाको सम्पूर्ण विकास निर्माणको काम ठप्प भएको छ ।

त्यतिमात्र नभई नगरपालिकाको रकम निकासा नहुुँदा नगरक्षेत्रका अधिकांश विद्यालयमा विद्यार्थीहरुको लागि सञ्चालन भएको दिवाखाजा कार्यक्रम प्रभावित भएको छ । फतुवा बिजयपुर नगरपालिका अन्तर्गतका २९ वटा विद्यालय, एक मदर्सा, ५ स्वास्थ कार्यालय, कृषि कर्मचारी, करारका कर्मचारीले गत साउनदेखि हालसम्म तलब पाउन सकेका छैनन् । कर्मचारीको तलबवापत चार करोड बढि बक्यौता रहेको नगर शिक्षा संयोजक बुनिलाल यादवले बताए ।

बिगतमा फतुवा बिजयपुरको प्रशासकीय अधिकृतका रुपमा आउने नायव सुुब्बाहरु कोही मेयरतर्फ कोही उपमेयरतर्फ हुनेगरेका कारण नगरपालिकामा ठुलो विवाद हुुँदै आएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ