थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४६ पुग्यो

समाचार

5/14/2020

काठमाडौं, १ जेठ । नेपालमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुरुष फेला परेका छन् । नवलपरासी पूर्वका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नवलपरासी पूर्वको देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा २४६ संक्रमित पुगेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ