थप १० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १२० पुग्यो

समाचार

5/10/2020

कपिलवस्तु, २९ बैशाख । । नेपालमा थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १२० पुगेको छ ।

सोमबार कपिलवस्तुका १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि पनि कपिलवस्तुमा ५ जना संक्रमित भेटिसकेका छन् ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् । एक जना पुरुषको भने उमेर खुलेको छैन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ