थर्ड एलायन्सका उप–प्रादेशिक प्रमुख खान उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित

समाचार

1/7/2020

धुलिखेल, २२ पुस । तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) को २०१९ को समिक्षा कार्यक्रममा थर्ड एलायन्सको उत्कृष्ट कर्मचारीको रुपमा उप–प्रादेशिक कार्यालय नेपालगञ्जका प्रमुख आलम खान सम्मानित भएका छन् ।

मानव अधिकारको क्षेत्रमा सक्रियतापूर्वक काम गरेको भन्दै २०१९ को उत्कृष्ट कर्मचारीको रुपमा खानलाई थर्ड एलायन्सका कार्यकारी निर्देशक मोहन कर्णले सम्मान गरेका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको समिक्षा बैठकमा देशको मानव अधिकारको अबस्थाका विषयमा केन्द्रित भएर छलफल भएको थियो ।

कार्यक्रमा विभिन्न प्रदेशमा काम गरिरहेका मानव अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । खान विगत ८ वर्षदेखि मानव अधिकारको क्षेत्रमा रहेर काम गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ