काठमाडौं, २३ असार । दक्षिण एसियाली मुलुकहरूमा प्रतिदश लाख जनामा कोरोना भाइरसको परीक्षण गर्नेमा नेपाल तेस्रो स्थानमा छ । पहिलो स्थानमा माल्दिभ्स र दोस्रो स्थानमा भुटान छन् ।
वल्र्डोमिटरका अनुसार तेस्रो स्थानमा रहेको नेपालले प्रतिदश लाख जनामा १८ हजार ८ सय जनाको परीक्षण गरेको छ । कुल परीक्षण भने ५ लाख ४७ हजार जनाको गरिएको छ । जसमा १५ हजार ९ सय ६४ व्यक्ति संक्रमित छन् ।
संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ । तेस्रो स्थानमा रहेको भारतले प्रति दश लाख जनामा ७ हजार जनाको परीक्षण गरेको छ । कुल परीक्षण भने ९९ सय लाख जनाको गरेको छ ।
भारतमा संक्रमित संख्या झन्डै सात लाख छ भने १९ हजार ७ सय जनाको मृत्यु भएको छ । पाँचौं स्थानमा रहेको पाकिस्तानले भने प्रतिदश लाखमा ६ हजार ४ सय जनाको परीक्षण गरेको छ ।
तपाईको प्रतिक्रिया