कस्मिरलाई भारतमा देखाएपछि पाकिस्तानका दुई पत्रकारको जागिर चट्

समाचार

6/12/2020

काठमाडौं, ३० जेठ । पाकिस्तानको सरकारी टेलिभिजन च्यानल पीटीभीले पाकिस्तानको गलत नक्सा प्रसारण गरेपछि त्यहाँ कार्यरत दुई पत्रकारले जागिर गुमाएका छन् । उक्त नक्सामा पाकिस्तान प्रशासित कस्मिरलाई भारतमा देखाइएको थियो ।

पीटीभीले गलत नक्सा प्रसारण गरेको भन्दै पाकिस्तानी संसदमा विवाद नै भएको थियो । ८ जुनमा संसदमा पीटीभीको आलोचना भएको थियो ।

विवाद चर्कँदै गएपछि पीटीभीले ट्वीटरमा गलत नक्साको सूचना संकलन गर्ने आफ्ना दुई कर्मचारीलाई कामबाट निकालेको जानकारी दिएको छ । पाकिस्तान प्रशासित कस्मिरलाई भारतले आफ्नो भएको दाबी गर्दै आएको छ । भारतका सामाजिक संजाल प्रयोगकर्ताले भने पीटीभीले सही सूचना दिएको भनेर व्यंग्य गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ