काठमाडौं, ५ असार । भारत र चीनसँग सीमा जोडिएको दार्चुलाको त्रिदेशीय नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । व्यास क्षेत्रमा वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापनासँगै त्यहाँको सुरक्षा व्यवस्था बलियो भएको हो ।
वैशाखयता मात्रै सीमा क्षेत्रमा सशस्त्रको बीओपी, नेपाली सेनाको अस्थायी क्याम्प र नेपाल प्रहरी गरी तीनै सुरक्षा अंग राखिएका छन् ।
नेपालतर्फ कौवाबाट १० किलोमिटर वर गागामा प्रहरी चौकी छ । चीनसितको रणनीतिक क्षेत्रसमेत भएकाले भारतले भने ती ठाउँमा सुरक्षा निकायको उपस्थिति बढाउँदै लगेको छ ।
नेपाल सरकारले व्यास क्षेत्रलाई प्राथमिकतामा राखी सीमा सुरक्षामा सक्रियता देखाएको छ । कालापानी क्षेत्रमा भारतीय सेना, सीमा सुरक्षा बल, भारतीय बोर्डर पुलिसलगायत सुरक्षा निकायका १० हजार जनशक्ति तैनाथ छन् ।
तपाईको प्रतिक्रिया