दलित तथा उत्पीडितहरुमाथिको शोषण–दमन रोक्न रिजवान अन्सारीको माग

समाचार

7/28/2020

काठमाडौं, १३ साउन । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले दलित र उत्पीडितहरू माथिको शोषण(दमन, उत्पीडन, हत्या–हिंसा, छुवाछुत–भेदभावजस्ता अमानवीय व्यवहार र घटनाक्रमलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ ।

अध्यक्ष अन्सारीले एक विज्ञप्ति जारी गरी हत्यारा र पीडकहरूलाई अविलम्ब कडाभन्दा कडा सजाय होस र पीडित परिवारलाई उचित क्षतिपूर्ति र न्यायको प्रत्याभूति होस् भनी जोडदार माग गरेका छन् । अन्यथा, पीडितहरूको न्यायका लागि चरणबद्ध आन्दोलनमा जान बाध्य हुने अन्सारीले चेतावनीसमेत दिएका छन् ।

‘उत्पीडित जनताको मुक्तिको दुहाई दिँदै पटक–पटकको जनआन्दोलन र जनयुद्धको परिणामस्वरूप प्राप्त लोकतान्त्रिक गणतन्त्र सहितको कथित जनमखी संविधान जारि भएपछि पनि पट–(पटक प्रगतिशील . सरकारहरू बन्दा पनि समाजमा युगौंदेखि विकृतिको रूपमा कायम रहेको छुवाछूत, जातीय विभेद र हत्या–हिंसाबाट दलित–उत्पीडित जनताहरूले उन्मुक्ति पाउन नसक्नु अत्यन्तै दुःखको विषय हुनु मात्र नभई, कथित जनमुखी सरकार दलित, उत्पीडित समुदायप्रति पूर्वाग्रही र गैरजिम्मेवार भएको स्पष्ट छ ।’ उनले विज्ञप्तिमा भनेका छन् ।

विगत ३–४ महिनादेखि कोरोना भाइरसको महामारीको संक्रमण रोक्न, सरकारका तर्फबाट गरिएको लकडाउनको अवधिभित्र रुकुम, जाजरकोट, रुपन्देही र २ नं. प्रदेशमा भएका जातीय नरसंहार र योजनाअनुरूप श्रृंखलाबद्ध हत्या(हिंसाहरूका घटनाहरू यसका ज्वलन्त उदाहरणहरू हुन् ।

गत जेठमा रुकुममा अन्तरजातीय प्रेमविवाहलाई रोक्न केटी पक्षका कथित उच्च जातका माइतीहरूबाट नवराज विक, सन्दीप (सञ्ज) विक, लोकेन्द्र सुनार, टीकाराम नेपाली, गणेश बुढा मगर र गोविन्द शाहीको नरसंहार तथा रुपन्देहीमा अंगिरा पासीको बलात्कारपछि हत्या, र २ नं. धनुषाको हिरासतमा शम्भु सदाको तथा क्वारेन्टाइनमा राजु सदाको हत्या, सप्तरीमा त्रिभुवन राम र सिराहामा रोशन रामको हत्याले मानवतालाई कलंकित बनाएको मात्र छैन, कानुनी राज्यको उपहास गरेको छ ।

उपरोक्त क्रुरता र कायरतापूर्ण घटनाहरूको नेपाल संघीय समाजवादी पार्टीले घोर भर्त्सना र निन्दा गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ