दिल्लीको एम्समा अध्यनरत नेपाली डाक्टरहरू कोरोना बिरामीको उपचारमा

समाचार

4/19/2020

काठमाडौं, ७ बैशाख । भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा (एम्स) पढाइ गरिरहेका नेपाली विद्यार्थीहरु अहिले कोरोनाका बिरामीको उपचारमा खटिएका छन् । उनीहरु त्यहाँ एमडी एमएस तहमा अध्ययनरत छन् ।

कोरोनाको उपचारमा काम गरिरहेको भारतकै प्रसिद्ध यो अस्पतालमा पढ्ने र काम गर्ने यी नेपाली डाक्टर तलब सुविधाबाट भने बन्चित छन् ।

कोरोना संक्रमितको उपचारका लागि १२ घण्टासम्म अस्पतालमा खटिने गरेको वीरगन्ज घर भएका विद्यार्थी असरूल हकले जानकारी दिए ।

नयाँ बिरामीको ज्वरो नाप्ने, शंकास्पद स्वाब परीक्षण गर्ने, आइसोलेसनका बिरामीलाई पनि हेर्ने यी सबै काममा नेपाली विद्यार्थी छन् ।

यसबाहेक इमर्जेन्सीमा पनि उनीहरूलाई खटाइएको छ । अहिले महामारीको बेला पनि उनीहरू आफ्नो कर्तव्य सम्झेर काममा खटिएका छन् । एम्समा करिब ७० जना नेपाली विद्यार्थी एमडीरएमएस पढ्दै छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ