काठमाडौं, २२ चैत । नेपाल मुस्लिम संघका सभापति अब्दुल सत्तारले नयाँदिल्लीस्थित निजामुद्दिनमा मुस्लिम संस्था तबलिगी जमातको हेडक्वार्टरमा आयोजित धार्मिक सभामा सहभागी फर्केकाहरुमा कोरोना भाइरसको संक्रमण हुन सक्ने भएकाले स्थानीय सरकारको सम्पर्कमा आउन उनीहरुलाई अनुरोध गरेका छन् ।
अध्यक्ष सत्तारले धार्मिक सभामा सहभागी भएर फर्किएका मुस्लिमहरुमा पनि संक्रमण हुन सक्ने खतरा भएकोले परिवार, गाउँ टोल र राष्ट्रलाई नै यो संक्रमणबाट जोगाउन स्थानीय सरकारको सम्पर्कमा तुरुन्त आउन आग्रह गरेका हुन् ।
साथै उनले स्थानीय सरकारको सम्पर्कमा आएपछि १४ दिनसम्म क्वारेन्टाइनमा बस्न पनि उनीहरुलाई अनुरोध गरेका छन् ।
तपाईको प्रतिक्रिया