नेपाल एयरलाइन्सको दिल्ली उडानमा कटौती, बुद्धको बनारस उडान बन्द

समाचार

3/15/2020

काठमाडौं, २ चैत । नेपाल एयरलाइन्सले भारतको राजधानी नयाँ दिल्लीमा निर्धा्रित उडान कटौती गरेको छ । दैनिक दुई उडान भइरहेको यस रुटमा अब आइतबारदेखि मात्र एक उडान दैनिक भएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण यात्रुको संख्यामा कमी आएका कारण नेपाल एयरलाइन्सल विभिन्न रुटमा आफ्नो उडान तालीका परिवर्तन गरेको छ । त्यसमध्ये काठमाडौं–दिल्ली उडान अब दैनिक एउटा मात्र हुने भएको छ ।

बिहानको उडान नियमित राखी साँझको विमान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको नेपाल एयरलाइन्सले जनाएको छ ।

नेपाल एयरलाइन्सले बैंगलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरेको छ । मुम्बईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्च देखि १५ अप्रिलसम्म स्थगित गरिएको नेपाल एयरलाइन्सले उल्लेख गरेको छ ।


यसैबीच बुद्ध एयरले पनि काठमाडौंबाट भारतको बनारसमा गरिरहेको उडान बन्द गरेको छ । अप्रिल १४ देखि अप्रिल ३० सम्म बुद्धको बनारस उडान बन्द भएको कम्पनीले जनाएको छ । भारत सरकारले विदेशी नागरिकको हकमा १४ मार्चदेखि अप्रिल ३० सम्म भिसा रद्द गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ