देश भरका मालपोत कार्यालयहरू आजबाट खुल्यो

समाचार

6/7/2020

काठमाडौं, २५ जेठ । देशभरिका का सबै मालपोत कार्यालयहरु आजबाट खुलेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले माताहतका सबै निकायलाई परिपत्र गरी आइतबारबाट आन्तरिक प्रशासन तथा अन्य आन्तरिक काम सुचारु गर्न निर्देशन दिएको छ ।

आइतबारबाट देशभरका सबै मालपोत कार्यालयका कर्मचारीले आन्तरिक तयारी गरे पनि जनतासँग प्रत्यक्ष सम्बन्धित घरजग्गा पास लगायतका सेवा भने सरकारले स्पष्ट कार्यविधि तय गरेपछि मात्र गरिने विभागका भूमि प्रशासन हेर्ने शाखा अधिकृत कृष्णप्रसाद जोशीले जानकारी दिए ।

उनले अहिले कर्मचारीहरू कार्यालयमा जाने र कम्प्युटर अपडेट, अन्य अड्डाबाट आएका रोक्का आदिका काम तथा आर्थिक वर्ष सकिन लागेकाले जग्गाको मूल्याङ्कन लगायतका तयारीको काम मात्र हुने बताए ।

कर्मचारी कार्यालयमा गएपछि कोभिडबाट सुरक्षित गरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने जस्ता कुराको पनि तयारी सहज हुने बताउँदै जनतासँग प्रत्यक्ष उपस्थित भएर गरिने काम भने हाल नगरिने पनि उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ