धनक युवा फाउण्डेशनद्वारा मास्क र डिटोल साबुन वितरण

समाचार

4/4/2020

काठमाडौं, २३ चैत । धनक युवा फाउण्डेशनले नेपाल र भारतका केही ठाउँहरुमा मास्क र डिटोल साबुन वितरण गरेको छ ।

फाउण्डेशनले गत साता सप्तरीको मुसरनियाँमा महिलाहरुलाई मास्क र डिटोल वितरण् गरेको हो ।

यसैगरी, फाउण्डेशनले छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यको सकरीमा महिलाहरुलाई मास्क र डिटोल साबुन वितरण गरेको हो ।

फाउण्डेशनले ५ सयभन्दा बढी मास्क र डिटोल वितरण गरेको फाउण्डेशनका अन्तर्राष्ट्रिय संयोजक मनोज मण्डलले जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ