कैलाली, १५ पुस । धनगढी उपमहानगरपालिका–४ बस्ने महेश पोखरेलको स्टोरमा आगलागी भएको छ । न्यू श्री गौतम स्टोरमा सोमबार राति आगलागी हुँदा उक्त स्टोर पूर्णरूपमा जलेर करिब ३५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै, यता नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजीस्थित राजकुमार थारुको नास्ता पसलमा सोमबार राति आगलागी हुँदा नास्ता पसल पूर्णरूपमा जलेर नष्ट भएको छ ।
आगालगीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन । स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया